ad ad

समाज


सिंगापुर पठाउने भन्दै रकम लिएर दुबई पठाइदिने पक्राउ

सिंगापुर पठाउने भन्दै रकम लिएर दुबई पठाइदिने पक्राउ

नेपालखबर
फागुन १७, २०७७ सोमबार ९:४५,

वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने भन्दै एक व्यक्तिलाई दुबई पठाएर ठगी गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका–१३ का ४८ वर्षीय गुरुदत्त पौडेल रहेका छन्।

रिलायवल एचआर सोलुसन प्रालिका संचालक पौडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई चार लाख ५० हजार लिई दुबई पठाई ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

उनलाई वैदेशिक रोजगार सम्बन्धी कसूरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने ठहर भएको थियो।

फरार रहेका निजलाई ब्यूरोबाट परिचालित प्रहरी टोलीले आइतबार बागबजारमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .