प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
थापाले छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा खोपको पहिलो डोज लिएको नेपाली सेनाले जनाएको छ।
नेपालमा चार लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।
नेपालले भारतबाट २० लाख डोज खोप किनेकोमा १० लाख डोज नेपाल आइसकेको छ। सुरुमा भारतले अनुदानमा भारतले १० लाख डोज खोप दिएको थियो। चीनले पनि नेपाललाइ ५ लाख डाेज खाेप दिने घाेषणा गरिसकेकाे छ।
उक्त खोप पहिलोचरणमा लगाउने क्रम जारी छ। दोस्रो चरणको खोप अभियान २३ गतेदेखि सुरु हुँदैन।
6
Shares

प्रतिक्रिया