समाज


फिल्म पाइरेसी गरेको आरोपमा एक व्यक्ति पक्राउ

फिल्म पाइरेसी गरेको आरोपमा एक व्यक्ति पक्राउ

नेपालखबर
फागुन १६, २०७७ आइतबार १२:३६,

अनधिकृत रुपमा फिल्म पाइरेसी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लम्जुङको बेशीशहर नगरपालिका–२ का २५ वर्षीय सुजन परियार रहेका छन्।

थ्री सिक्टि वान डिग्री मिडिया प्रालिले सिनेमा घर एपको माध्यामबाट नेपाली कथानक चलचित्रहरु बिक्रि विरतण गर्ने कार्य गर्दै आइरहेकोमा परियारले अनाधिकृत रुपमा इन्टरनेटको माध्यामबाट सामाजिक संजाल युट्युब युट्युब टेलिग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको प्रहरीको आरोप छ।

पक्राउ परेका परियारलाई अपराध महाशाखामा ल्याइ प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएकोमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै प्रकृतीका कार्यहरु कसैले जानी नजानी अनाधिकृत रुपमा डाउनलोड वा लाइभ गरी इन्टरनेटमा वा कुनै पनी सामाजिक संजालमा शेयर तथा अपलोड गरेमा प्रतिलिपी अधिकार ऐन विरुद्धको कार्य हुने भएकोले कानुन वमोजिम कारवाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad