राजनीति


ओलीका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल समूहमा

ओलीका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल समूहमा

नेपालखबर
फागुन १६, २०७७ आइतबार १२:२८,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ सो समूह छाडेर प्रचण्ड–नेपाल पक्षमा लागेका छन्।

हज कमिटीका पूर्व अध्यक्षसमेत रहेका मियाँ आइतबार प्रचण्ड–नेपाल पक्षमा खुलेका हुन्। उनलाई  अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा स्वागत गरेका हुन्।

​मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै विधानविपरीत अल्पमत पक्षले बनाएको केन्द्रीय सदस्य पद त्यागेको उल्लेख गरेका छन्।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित विभाजित भएको छ। प्रचण्ड–नेपाल पक्षले ओलीलाई कारबाही गरेर अध्यक्षबाट हटाएका छन्। ओली पक्षले भने केन्द्रीय समिति बिस्तार गरेर १५ सय पु¥याएको छ। सोही क्रममा ओली समूहले मियाँलाई पनि केन्द्रीय सदस्य बनाएको थियो।

प्रतिनिधि सभा पुनस्र्थापनाको केही समयपछि मियाँले ओली समूह छोडेका हुन्।

‘नेकपाको विधानविपरीत पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता, संविधानको कार्यन्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पुरा गर्ने युगिन जिम्मेवारी पुरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणा गर्दछु,’ मियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad