आज (आइतबार) पनि पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
यसैगरी राति पनि प्रदेश १ का पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम महाशाखाले भनेको छ : देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया