ad ad

छापा खबर


तपाईंको घर भएको ठाउँ गाउँ हो कि सहर? अब यसरी छुट्याइँने छ

तपाईंको घर भएको ठाउँ गाउँ हो कि सहर? अब यसरी छुट्याइँने छ

नेपालखबर
फागुन १६, २०७७ आइतबार २:१,

हाम्रा देशमा कति गाउँ छन्? सहर कति छन्? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन्। तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन।

गाउँ त गाउँ नै रह्यो। अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए। जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएको छ। सामुदायिक प्रश्नावलीले सहर र गाउँलाई छुट्याउने खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

स्थानीय तहको वडासम्म पुगेर सुपरिवेक्षकले त्यो प्रश्नावली भराउनेछन्। सहरी सेवासुविधामा बडावासीको पहुँचको अवस्थाको छुट्टै प्रश्नावली राखिएको छ। भौतिक पूर्वाधार, आर्थिक पूर्वाधाररसेवासुविधाको अवस्थाबारे विवरण संकलन गरिनेछ।

इन्टरनेट, विद्युत्, क्याम्पस, अस्पताल, एम्बुलेन्स सेवा, बजार, बैंक तथा वित्तीय संख्या, सहकारी संख्यालगायत भौगोलिक क्षेत्रभित्र सेवासुविधा उपलब्धताको अवस्थाबारे एक–एक तथ्यांक संकलन गरिनेछ। यसका लागि विभिन्न प्रश्नावली यसरी सोधिनेछ। आर्थिक पूर्वाधार र सेवासुविधाबारे विवरण संकलन गरिनेछ।

निर्देशक चौलागाईंले प्रश्नावलीको आधारमा गाउँ र सहर छुट्टिने बताए। २०७८ जेठ २५ देखि असार ८ सम्म राष्ट्रिय जनगणना हुन गइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .