समाज


सुनको सिक्री लुट्ने गिरोहका तीन जना पक्राउ

सुनको सिक्री लुट्ने गिरोहका तीन जना पक्राउ

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १४:२७,

काठमाडौंका विभिन्न स्थानहरुमा बिगत केही समयदेखि महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह सक्रिय छ। उनीहरुले मोटरसाइकलमा आएर पैदल यात्रुको घाँटीबाट सिक्री थुतेर भाग्ने गरेका छन्।

सिक्री लुट्ने गिरोहका तीन जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। प्रहरीले काठमाडौंको वसुन्धरा तथा ललितपुरका विभिन्न स्थानबाट मोटरसाइकलसहित तीनजना पक्राउ गरेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका–२ सपना तिर्थ डेरा गरी वस्ने वर्ष ३९ को टम वहादुर सुनुवार, रामेछाप मजुवा ९ घर भई ललितपुर भैसीपाटी वस्ने वर्ष २४ को टलक वहादुर रायमाझी र भारत पश्चिम वंगाल घर भई ललितपुर वालकुमारी सुन पसलमा काम गर्ने वर्ष ३५ को देवासिस दोलही रहेका छन्।

उनीहरुको साथबाट बा २९ प ७२७६ नं. को पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ। यस्तै, सुनको एक थान सिक्री, सिक्रि बिक्रीबाट जम्मा गरिएको दुई लाख ५० हजार रुपैयाँ र सुन तौल्न प्रयोग हुने तराजु, पाँच थान मोबाइल सेट र सिक्री लुट्न प्रयोग गरिने हेल्मेट र कपडाहरु पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ परेकाहरुले १० जना भन्दा बढी व्यक्तिहरुको घाँटीमा लगाएका सुनका सिक्री लुटी बिक्री गरेको स्वीकार गरेका छन्।

प्रहरीका अनुसार पक्राउ मध्ये टम बहादुर सुनुवार र टलक बहादुर रायमाझी विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरी बाहिर निस्कि पुनः उही अपराधिक काममा फर्किएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .