टर्कीको इस्तानबुलमा आगलागीबाट बचाउन एक महिलाले आफ्ना छोराछोरीलाई अपार्टमेन्टको झ्यालबाट फालेकी छन्।
अमार्टमेन्टमा आगो लागेपछि उनले आफ्ना ४ बच्चाबच्चीलाई तीन तलामाथि झ्यालबाट फालेकी हुन्।
तल बसेका उद्धारकर्ताले ती बच्चालाई भुइँमा नखस्दै सकुशल समातेको बीबीसीले जनाएको छ।
उनी बस्ने अपार्टमेन्टको ढोकामा आगो लाग्नासाथ उनले आफ्ना सनसाना छोराछोरीलाई झ्यालबाट खसालेकी हुन्। उनका बच्चा तथा उनी सबै बाँच्न सफल भएका छन्।
हेर्नुहोस्, बीबीसीको यो भिडिओ :
प्रतिक्रिया