मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ।
यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ भने तराईका थोरै ठाउँमाहल्का कुहिरो हुस्सु लागेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पहाडी भेगका एक–दुई स्थान (जहाँ पनि हुन सक्छ) मा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात हुने संकेत पाइएको छ।
यसैगरी राति पनि पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात हुने लक्षण देखिएको छ।
प्रतिक्रिया