ad ad

समाज


कोरोना संक्रमण : कोलम्बियामा स्वास्थ्य संकटकालको म्याद फेरि थप

कोरोना संक्रमण : कोलम्बियामा स्वास्थ्य संकटकालको म्याद फेरि थप

नेपालखबर
फागुन १५, २०७७ शनिबार ०:२५,

कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरी सङ्कटकालको म्याद थप्ने निर्णय गरिएको जानकारी दिएका छन्।

कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी सङ्कटकालको अवधि फेरि बढाउनु परेको उनको भनाई छ।

कोलम्बियामा झण्डै तीन महिनादेखि स्वास्थ्य सङ्कटकाल लागु भएको हो । ‘यसअघि लगाइदै आएको स्वास्थ्य सङ्कटकालको अवधि यही फेब्रुअरी २८ मा सकिँदैछ, तर आज नै हामीले त्यसको म्याद पुनः थप्ने निर्णय गरेका छौँ,’ डुकले भने। सङ्कटकालको म्याद फेरि थपिएको जानकारी अहिले नै दिनु उपयुक्त लागेको उनले बताए।

स्वास्थ्यमन्त्री फर्नान्डो रुइजसहितको विज्ञ तथा सरोकारवालाहरुको टोलीले गरेको अध्ययन, छलफल र परामर्शका आधारमा सरकारले सङ्कटकाल लम्ब्याउने निर्णय गरेको हो।

अहिले थप गरिएको सङ्कटकालको अवधि आगामी मे ३१ सम्म कायम रहने छ। कोलम्बियामा पछिल्लो २४ घण्टामा तीन हजार ६८३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने देशभरी अहिलेसम्म कुल २२ लाख ४१ हजार २२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या ५९ हजार ३९६ पुगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .