अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख प्रतिव्यक्ति बिगो दाबी गर्दै विशेष अदालतमा एक सर्वसाधारण र अर्का एक सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले कालीकोट बदालकोटका कुलबहादुर शाही र तत्कालीन समयमा बदालकोट गाविस सचिव पदमा कार्यरत गणेश प्रसाद लम्सालविरुद्ध भ्रष्टाचार मुद्दा आज काठमाडौंमा दर्ता गरेको हो।
कुलबहादुर शाहीले आफ्नो एक मात्र छोरी किस्मता कुमारी शाहीको विगत द्वन्द्वकालमा मृत्यु भएकोमा आफ्नो दुईवटा छोरी भएको दाबी गर्दै एकको मृत्यु र अर्को सुनिता शाही (नभएकी छोरी) समेत बेपत्ता भएको भन्दै राज्यकोषबाट प्राप्त हुने १० लाख राहत लिएका थिए। अख्तियारले पदीय दुरुपयोग गरेको भन्दै तत्कालीन गाविससचिव रिजालविरुद्ध र झूटो दाबी गर्ने शाहीविरुद्ध मुद्दा दायर गरेको हो।
रिजाल हाल दैलेख भैरवी गाउँपालिका वडा नं. ३ को वडा सचिव (खरिदार) रहेका छन्। शाहीले रिजालसँग मिलेमतो गरी राज्यलाई नोक्सान पुर्याएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया