समाज


कमलपोखरीमा निर्मित कंक्रिट संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल (भिडिओ)

कमलपोखरीमा निर्मित कंक्रिट संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल (भिडिओ)

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ७:४७,

काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ।

बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो। नागरिक अभियन्ताहरुले त्यसको विरोध गर्दै भत्काउन खोज्दा अभियन्ता र प्रहरीसँग धक्कामुक्की भएको हो।

अभियन्ताहरु नारायण वाग्ले, आलोकसिद्धि तुलाधर, राजेन्द्र महर्जनलगायत ४०/५० जनाको समूह संरचना भत्काउन पुगेको थियो।

उनीहरुले कंक्रिट नराख्न भन्दै आएका थिए। हिजो बनाएको देखेपछि आज उनीहरु त्यहाँ पुगेका हुन्।

अभियन्ताहरुले महानगरपालिका पुगेर भोलि विरोध गर्ने जनाएका छन्।

भिडिओ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad