समाज


दाङको घोरहीमा आफ्नै घरको आँगनमा मृत भेटिए सहायक प्रधानाध्यापक

दाङको घोरहीमा आफ्नै घरको आँगनमा मृत भेटिए सहायक प्रधानाध्यापक

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ७:२७,

दाङको घोराही उपमहानगरपालिकाका एक शिक्षक आफ्नै घरको आँगनमै मृत फेला परेका छन्।

लमडरुवा माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका घोराही उपमहानगर–१० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डीएसपी) मुकुन्दप्रसाद रिजालले शिक्षक घिमिरे मृत भेटिएको बताए।

उनले शवको प्रकृति हेर्दा शौचलाय जाने क्रममा घिमिरेको घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताए।

‘शवको प्रकृति हेर्दा शौचालय जान खोज्दा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ’, डीएसपी रिजालले भने।

बच्चासहित श्रीमती माइत गएका कारण बिहीबार राति घिमिरे घरमा एक्लै रहेको र उनले मदिरा समेत सेवन गरेको खुल्न आएको उनले बताए। उनको कोठामा मदिरासमेत फेला परेको प्रहरीले जनाएको छ।

घिमिरेको शव गाला धस्सिएको र नाक, मुखबाट रगत आएको अवस्थामा फेला परेको र शरीरका अन्य भागमा भने कुनै चोटपटक नदेखिएको डीएसपी रिजालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad