समाज


औषधि व्यवस्था विभागका अधिकृत दुई लाख घुससहित पक्राउ

औषधि व्यवस्था विभागका अधिकृत दुई लाख घुससहित पक्राउ

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ३:४६,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख रुपैयाँ घुस रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको हो। सुवेदीलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएको आरोप छ। घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’ टोलीले उनलाई पक्राउ गरेको हो।

करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad