समाज


गैँडा मारेर खाग बेच्ने तीन जना काठमाडौँबाट पक्राउ

गैँडा मारेर खाग बेच्ने तीन जना काठमाडौँबाट पक्राउ

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ७:५२,

प्रहरीले गैँडा मारेर खाग बेच्ने तीन जनालाई काठमाडौँ धापासी र सीतापाइलबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गौडा मारी खाग बिक्री गरेको मुद्दाका फरार अभियुक्तलाई बुधबार पक्राउ गरेको हो।

धापसीबाट पक्राउ पर्नेमा सल्यानको शारदानगरका ३१ वर्षीय राजेन्द्र क्षेत्री र रसुवाका ३६ वर्षीय ज्वाला भन्ने ज्ञान बहादुर रुम्वा रहेका छन्। त्यस्तै सीतापाइलाबाट काभ्रेको मण्डन देउपुरका आशिष लामा भन्ने आइत तामाङ पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद विक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको क्वालिस गाडीमसेत बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारबाहीको लागि आजै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको ब्युरोले जनाएको छ।

प्रहरीले यसै मुद्दाका ४ अभियुक्तलाई यसअघि नै पक्राउ गरी निकुञ्ज कार्यालय पठाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad