ad ad

समाज


मोरङमा एक युवकको सन्देहपूर्ण मृत्यु, ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

मोरङमा एक युवकको सन्देहपूर्ण मृत्यु, ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ०:५८,

मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको सन्देहपूर्ण मृत्यु भएको घटनामा ६ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको हो। बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा कुमार राई र मेहरमान दर्जी पक्राउ परेका छन्।

राई र दर्जीसँगै बास्तोलको हत्यामा संलग्न भएको आरोप लागेका उर्लाबारी नगरपालिका ६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल र रमेश गिरीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

बास्तोलाको सन्देहपूर्ण मृत्यु भएको घटनामा सत्यतथ्य लुकाएर प्रहरीले दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवाजन तथा आफन्तले आन्दोलन चर्कापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

पीडित परिवारले हत्याको घटनामा सत्यतथ्य लुकाएर तथ्यहिन फायल खडा गर्ने प्रहरी निरीक्षक उद्धव पोखरेलमाथि पनि कारबाही गर्न माग गरेका छन्।

गएको पुस ५ गते बास्तोलाको सन्देहपूर्ण मृत्यु भएको थियो। आफन्तजनले उनको शव स्थानीय गोदाबरी अस्पतालमा फेला पारेका थिए। बास्तोलासहितका ६ जनाले पुस ४ गते राति उर्लाबारी ४ को सौरबी होटलमा सँगै बसेर रक्सी खाएर सँगै सुतेका थिए। प्रवीणको राति नै मृत्यु भएको खुलेको छ। तर उनको मृत्युको जानकारी परिवारजनलाई भोलिपल्ट बिहान ११ बजेमात्रै गराइएको आफन्तले बताएका छन्।

आफन्तले भने बास्तोलाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो। बास्तोलाको शवको भिसेरा परीक्षण गर्दा निसासिएर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

यो पनि:

मोरङमा एक युवकको सन्देहपूर्ण मृत्यु, ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .