समाज


पशुपतिमा सुनको जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

पशुपतिमा सुनको जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

नेपालखबर
फागुन १२, २०७७ बुधबार ११:२५,

सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा सुनको जलहरी राख्ने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश आदेश दिएको छ।

चाँदीको स्थानको सुनको जलहरी राख्नु ‘प्राचीन स्मारक संरक्षण ऐन, २०१३’ विपरीत हुने भन्दै बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्चमा रिट समेत दायर गरेका थिए।

उक्त रिट उपर बुधबार अन्तरकालिन आदेश दिँदै सर्वोच्चले आगामी फागुन १७ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

‘विषयवस्तुको गाम्भीर्यतालाई समेत विचार गर्दा दुवै पक्षलाई राखी छलफल गराई निष्कर्षमा पुग्नु मनासिव देखिएकाले फागुन १७ गतेलाई छलफलको मिति तोकिएको छ,’ आदेशमा भनिएको छ, ‘छलफल टुंग्गो नलागेसम्म पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगुर्न नगराउनू भनि अन्तरकालीन आदेश जारी गरिएको छ।’

गत माघ दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्दै यसअघि चाँदीको जलहरीलाई सुनको बनाउन निर्देशन दिएका थिए।

सरकारले तत्काल ३० करोड दिने प्रतिवद्धता जनाएपछि त्यसमा ५० करोड पशुपति क्षेत्र विकास कोषले थपेर ८० करोडको सुनको जलहरी राख्न लागिएपछि मुद्दा परेको थियो।

यद्यपि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गर्दै एक सय आठ केजी सुनको जलहरी स्थापना गरिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad