कारोबार


१० प्रतिशतले घट्यो निफ्राको सेयर मूल्य, ६६ करोडको सर्वाधिक कारोबार

१० प्रतिशतले घट्यो निफ्राको सेयर मूल्य, ६६ करोडको सर्वाधिक कारोबार

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ६:३६,

लगातार सकारात्मक सर्किट ब्रेक लागिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सेयरमा आज नकारात्मक सर्किट ब्रेक लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार निफ्राको सेयर मूल्य १० प्रतिशतले घटेको हो। आज प्रतिकित्ता ६९३ रुपैयाँमा कारोबार सुरु गरेको बैंकको सेयर नकारात्मक सर्किटपछि प्रतिकित्ता ५९४ रुपैयाँमा झरेको छ।

भर्खरै सेयरबजारमा प्रवेश गरेको कम्पनीले पुँजीबजारबाट ८ अर्ब पुँजी संकलन गरेको छ। त्यससँगै सेयरबजारमा दैनिकजसो पाँच उच्चमध्ये कारोबार गरिरहेको थियो। 

बैंकको सुरुवाती सेयर कारोबारका लागि नेप्सेले न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ तोकेको थियो।

आज बजार खुलेको सवा घण्टामै अर्थात् सवा १२ बजेसम्ममै निफ्राको सर्वाधिक कारोबार भएको छ। बैंकको ६६ करोड ६२ लाख ५१ हजार ३ सय ९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad