समाज


प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ५:२३,

भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन्।

कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ। छात्रा नाथको टाउकामा चोट लागेको छ।

छात्राका बुबा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए।

‘छोरी विद्यालय गएकी थिइन्’, उनले भने, ‘घर आउँदा बेहोस भइन्। अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ।’

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए।

घटनाबारे विद्यार्थी संघसंगठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग अघि सारेका छन्।

अनेरास्ववियू कञ्चनपुरका नेता रमेश पन्तले घटना दुःखद् भएको भन्दै प्रअमाथि कारबाहीको माग गरे। महिला अधिकारकर्मी शारदा चन्द, मीना भण्डारी र निर्मला भट्टसहितका अधिकारकर्मीले महिला, बालबालिकामाथि भइरहेका घटनाको भत्र्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad