सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित सीमा ईलाकाबाट श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताउने ५४ बर्षिय मुनवर खान छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले उल्लेखित भारतीय रुपैयाँसहित पक्राउ गरेको हो।
एपीएफ टोलीले निज खानलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निज खानले उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।
पक्राउ परेका खानलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय कोहलपुरमा बुझाइएको छ।
एपीएफ टोलीद्वारा अवैध औषधी बरामद
यता, झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब १७ लाख ४४ हजार रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेको छ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीको औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।
Shares

प्रतिक्रिया