आतंकवादीको आक्रमणमा परेर इटालिएन सेनासहित लुकाको मृत्यु भएको इटालीको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ।
आतंकवादी आक्रमण सोमबार नै भएको बताइएको छ।
आक्रमणकारीले सुरुवातमा राष्ट्रसंघको गाडीमा सवार उनीहरुलाई कान्यामाहोरो भन्ने स्थानबाट अपहरण गर्न खोजेको थियो।
आज स्थानीय समयअनुसार १० बजेर १५ मिनेटमा अपहरणको प्रयास गरिएको थियो तर अपहरणको प्रयास असफल भएपछि उनीहरुमाथि आक्रमण भएको थियो।
यस घटनामा को संलग्न छन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन। राजदूत एटानासियो सन् २०१९ मा कंगोका लागि राजदूत नियुक्त भएका थिए। द गार्जियन

प्रतिक्रिया