कारोबार


भायनेटको ‘अपग्रेड टु भायनेट’ क्याम्पेन

भायनेटको ‘अपग्रेड टु भायनेट’ क्याम्पेन

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ६:३४,

भायनेट कम्युनिकेसन्स प्रालिले अपग्रेड टु भायनेट क्याम्पेन सुरु गरेको छ। इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनीले उपभोक्तालाई विभिन्न सेवासुविधासहित अगष्ट १ देखि क्याम्पेन सुरु गरेको हो।
कम्पनीले इन्टरनेट र नेट टिभीको कम्बो प्याक खरिदमा उपभोक्तालाई थप सुविधा दिएको छ। यसअन्तर्गत भ्याटबाहेक १३ हजार ५ सयमा ३० एमबीपीएस इन्टरनेट र नेट टिभी एक वर्षको लागि पाउनेछन्।

यो सुविधा खरिद गर्ने ग्राहकले अल्ट्राबुस्ट फिचरको उपयोग गर्न पाउनेछन्। यसअन्तर्गत १५ जीबी डाटाका लागि १०० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले भायसेक्योर नामक अर्को सेवा पनि सञ्चालनको तयारी गरेको छ। यो सेवाले उपभोक्तालाई पेरेन्टल कन्ट्रोलको सुविधा हुनेछन्। यो सुविधाबाट बच्चाहरुको सुरक्षामा सहयोग पुग्ने कम्पनीले बताएको छ।

कम्पनीले १९ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ। नेपालका मुख्य मुख्य सहरहरु ललितपुर, भक्तपुर, काठमाडौं, वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा, धनगढी, डडेल्धुरालगायतका स्थानमा पनि कम्पनीको सेवा उपलब्ध रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad