भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमण बढ्न थालेपछि आज (सोमबार) देखि राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ।
महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले आइतबार टीभीमार्फत नागरिकलाई सम्बोधन गर्दै केही दिनसम्म भीडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाइनेगरी प्रतिबन्ध घोषणा गरेका हुन्।
उनले भने, ‘राज्यमा महामारीले फेरि टाउको उठाइरहेको छ, यो कोरोनाको दोस्रो लहर हो कि? ८ देखि १५ दिनभित्र पत्ता लाग्नेछ।’
लकडाउन समाधान नभए पनि कोरोनाको चक्र रोक्ने एक मात्र उपाय भएको उनले बताए।
राज्यले लागू गरेको नियम उल्लंघन गर्नेलाई सजाय दिइने चेतावनीसमेत उनले दिएका छन्।
3
Shares

प्रतिक्रिया