चितवनको भरतपुर महानगरपालिका-९ आदर्शचोकमा आज (शुक्रबार) बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो।
इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खस्नुभएको थियो। इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ।

प्रतिक्रिया