समाज


सैनिक शासनविरुद्ध म्यानमारमा प्रदर्शन, दुई जनाको मृत्यु

सैनिक शासनविरुद्ध म्यानमारमा प्रदर्शन, दुई जनाको मृत्यु

नेपालखबर
फागुन ९, २०७७ आइतबार ०:२९,

सैनिक शासनविरुद्ध शनिबार म्यानमारमा भएको नागरिक प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ।

म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। ‘आक्रोशित प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’ मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मृतकमध्ये एक जना किशोर रहेका र उनको टाउकोमा गोली लागेको ओओले बताए।

म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाले शासन सुरु गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad