समाज


त्रिशूली बस दुर्घटना अपडेट : नदीमा बेपत्ता २६ यात्रुको खोजी जारी

त्रिशूली बस दुर्घटना अपडेट : नदीमा बेपत्ता २६ यात्रुको खोजी जारी

नेपालखबर
साउन २४, २०७६ शुक्रबार २:३६,

सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्रि बस आज (शुक्रबार) बिहान त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने २६ यात्रु बेपत्ता रहेको आंशकामा खोजी भइरहेको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार वैद्यबारका अनुसार सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट बिहान सवा ३ बजेतिर त्रिशूली नदीमा खसेको हो।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिराम भट्टले दिएको जानकारीअनुसार अहिले (बिहान सवा ८ बजे) सम्म तीन जनाको शव भेटिएको छ भने १६ यात्रुको जिवितै उद्धार गरिएको छ।

४५ यात्रुमध्ये अझै २६ यात्रुको अवस्था पत्ता नलागेकाले खोजी भइरहेको उनले नेपालखबरलाई जानकारी दिए।

‘सर्लाहीको सदरमुकामबाट ४० यात्रु, सर्लाहीकै हरिपुरबाट थप २ जना चढेको र गाडीका स्टाफ ३ जना गरी बसमा ४५ यात्रु रहेको देखिन्छ,’ टेलिफोनमा उनले भने, ‘यस हिसाबले २६ यात्रु नदीमा बेपत्ता भएको आशंका छ।’

प्रहरी निरीक्षक भट्टका अनुसार मृतक तीन जनामध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ। मृतकमा सर्लाहीका ३५ वर्षीय अजय दास र सर्लाहीकै २५ वर्षीय विजय कुर्मी छन्। त्यसमा पनि सर्लाहीको कुन ठाउँ भन्ने खुलिसकेको छैन।

अर्का एक पुरुष मृतकको वतन खुलन बाँकी रहेको उनले बताए।

अहिले घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताहरुकाे खाेजी गरिरहेको एसपी वैद्यबारले बताए।

678316533558088820209519117677818027704320n 0982019034117 1000x0

त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .