आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
अपराह्न वा साँझपख पश्चिमका १/२ स्थानमा तथा राति देशभरका कुनै पनि १/२ ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयले जानकारी दिए।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ- देशका केही स्थानमा मेघगर्जन सहितको वर्षा हुने/चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिन्छ। पश्चिमी नेपालका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।
आज काठमाडौं उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले नेपालखबरसँग बताए।
Shares

प्रतिक्रिया