चलचित्र कबिर सिंहको सफलतालसँगै बलिउडमा स्थापित कियारा आडवाणीको चारैतिर हाईहाई छ।
अघिल्लो बुधबार २७ वर्ष पुगेकी कियारा यतिबेला को–स्टार सिद्धार्थ मल्होत्राको हट टार्गेटमा छिन्।
अहिलेसम्म कसैसँग कुनै प्रकारको सम्बन्धमा नरहेको दाबी गरिरहेकी कियारालाई गत शुक्रबार सिद्धार्थले आफूले हुक गर्न चाहेको बताएपछि कियाराको चर्चा एकपटक फेरि चुलिएको हो। यो खबर आजको साप्ताहिकमा छापिएको छ।
एउटा टेलिभिजन च्याट सोममा बोल्दै सिद्धार्थले यतिबेला बलिउडमा माया गर्न र पछ्याउन लायक कोही छ भने कियारा नै भएको र उनका लागि आफू जे गर्न पनि तयार भएको बताएपछि कियारा अप्ठेरोमा परेको बताइन्छ। यतिबेला कियारा सिद्धार्थसँग सम्बन्धित प्रश्न पन्छाउँदैमा व्यस्त छिन्।
प्रतिक्रिया