समाज


उपत्यकाका तीनवटै जिल्लाका यी ठाउँमा आज जाँदैछ बिजुली

उपत्यकाका तीनवटै जिल्लाका यी ठाउँमा आज जाँदैछ बिजुली

नेपालखबर
फागुन ८, २०७७ शनिबार ४:२,

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आज दिउँसो बत्ती जाने विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाँदै छ।

रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, धापाखेल लगायतका क्षेत्रमा तीन घण्टा बत्ती काट्न लागिएको प्राधिकरणले जनाएको छ ।

लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गतको पाटन अस्पताल, कुमारीपाटी, मानभवन, जावलाखेल र एभीएम चोकलगायत क्षेत्रमा पनि दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाँदै छ।

त्यसैगरी पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा ११ केभी क्षमताको लाइन मर्मतको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तीन घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ। त्यस क्षेत्रको हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जाने छ।

त्यसैगरी भक्तपुर विटरण केन्द्रको कटुन्जे फिडर क्षेत्रमा ट्रान्सफर्मर जडान गर्नु पर्ने भएकाले इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।

त्यस्तै काठमाडौंको बुढानिलकण्ठ उपवितरण केन्द्रमा दिउँसो बत्ती जाँदै छ। बुढानिलकण्ठको चुनिखेल फिडरअन्तर्गत पर्ने स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि बत्ती काटिने प्राधिकरणले जनाएको छ। हात्तीगौँडा टेलिकम क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा बत्ती काट्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad