राजनीति


विराटनगरमा आज ओली समूहको आमसभा, प्रधानमन्त्री–गृहमन्त्रीसहितको टोली जाँदै

विराटनगरमा आज ओली समूहको आमसभा, प्रधानमन्त्री–गृहमन्त्रीसहितको टोली जाँदै

नेपालखबर
फागुन ८, २०७७ शनिबार ३:५८,

प्रधानमन्त्री केपी शर्मा ओली अचेल निकै दौडधूप गरिरहेका छन्। नेकपाअन्तर्गत आफ्नो ओली समूहले विभिन्न स्थानमा गर्ने सभा/भेलामा उनी लगातार सहभागी भइरहेका हुन्।

यसै क्रममा आज उनी प्रदेशस्तरीय आमसभा सम्बोधन गर्न विराटनगर जाँदै छन्।

विराटनगरमा आज दिउँसो हुने आमसभालाई सम्बोधन गर्न ११ बजे प्रधानमन्त्री ओलीसहित शीर्ष नेताको टोली काठमाडौंबाट प्रदेश १ को राजधानी विराटनगर जाने भएको हो।

नेकपा ओली समूहका एक नेताका अनुसार प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राईलगायत नेता सभामा सहभागी हुँदै छन्।

विराट नर्सिङ होमको पूर्व मैदानमा आयोजना गरिने आमसभामा २ लाखभन्दा बढी जनसहभागिता जुटाइने ओली समूहले दाबी गरेको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारूढ नेकपा दुई समूहमा विभाजन भएको छ। जसमध्ये प्रचण्ड–नेपाल समूह ओलीको कदम असंवैधानिक ठहर गर्दै चरणबद्ध आन्दोलनमा छ। सत्तापक्ष ओली समूह पनि आफ्नो कदमको प्रतिरक्षाका लागि सँगसँगै सभा गर्दै हिँडेको छ।

यसै क्रममा यसअघि प्रचण्ड–नेपाल समूहले सभा गरिसकेको विराटनगरमा ओली समूहले आज गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad