समाज


सोमबारसम्मको मौसम अनुमान : कुन क्षेत्रमा कस्तो?

सोमबारसम्मको मौसम अनुमान : कुन क्षेत्रमा कस्तो?

नेपालखबर
फागुन ८, २०७७ शनिबार ०:३०,

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र यतिबेला (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

राति भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :
शनिबार (आज)
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार
दिउँसो : देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन सम्बन्धित सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad