छापा खबर


विनाकारण प्रदेश २ का प्रमुख बर्खास्त, राज्यविरुद्धको अपराधमा पक्राउ परेका झा प्रदेश प्रमुख नियुक्त

विनाकारण प्रदेश २ का प्रमुख बर्खास्त, राज्यविरुद्धको अपराधमा पक्राउ परेका झा प्रदेश प्रमुख नियुक्त

नेपालखबर
फागुन ८, २०७७ शनिबार ०:१६,

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन । राजनीतिक दलहरूले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शुक्रबारै राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । झाले शुक्रबारै शपथ लिएका छन् ।

राजेश अहिराजका रूपमा चिनिने झाले आफैँ प्रकाशक तथा सम्पादक रहेको पत्रिका मधेशवाणीमा तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) को सशस्त्र समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए । यही विषयमा राज्यविरुद्धको अपराधमा उनी गिरफ्तार भएका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् । संसद् विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । परियारले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई पदमुक्त गरिएको प्रतिक्रिया दिएका छन्।

‘मलाई कुनै जानकारी छैन, पदबाट हटाइएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, पछि मात्रै इमेल पाएको थिएँ । किन पदमुक्त गरियो भन्ने मलाई केही पनि जानकारी छैन । यो एक ढंगले नेकपाको विभाजनको प्रतिछाया हो कि भन्ने लागेको छ,’ उनले थपे, ‘मैले पदको मर्यादालाई कायम गरेर आफ्नो भूमिकालाई तटस्थ र निष्पक्ष भएर निभाएको थिएँ । अब यसबारे कानुनविद्हरूसँग सल्लाह गरेर कानुनी उपचार खोज्छु।’

परियार १८ कात्तिक ०७६ मा प्रदेश प्रमुख नियुक्त भएका थिए । राष्ट्रपति भण्डारीले त्यसवेला पनि मन्त्रिपरिषद्को सिफारिसमा त्यसअघि कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी थिइन्।

सरकारको सिफारिसमा भण्डारीले अकस्मात् प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकोप्रति नेकपाको प्रचण्ड–नेपाल समूह र कांग्रेसले विरोध एवं भत्र्सना गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad