नेपालमा चीनमा विकास गरिएको कोरोनाविरुद्ध खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ।
चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको हो।
यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ।
नेपालमा यसअघि अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतद्वारा उत्पादित कोरोनाविरुद्ध खोप कोभिसिल्डले प्रयोगको अनुमति पाइसकेको छ भने भारत सरकारले यसको १० लाख डोज अनुदान गरेपछि अहिले लगाउने क्रम जारी छ।
चिनियाँ खोप भेरो सेललाई नेपालमा आपतकाली प्रयोगको अनुमति दिइएकोबारे औषधि व्यवस्था विभागको विज्ञप्ति :


प्रतिक्रिया