ad ad

समाज


कुवेत लैजाने भन्दै महिलाहरुलाई श्रीलंका पुर्‍याएर अलपत्र पार्ने एक व्यक्ति पर्वतबाट पक्राउ

कुवेत लैजाने भन्दै महिलाहरुलाई श्रीलंका पुर्‍याएर अलपत्र पार्ने एक व्यक्ति पर्वतबाट पक्राउ

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ३:५५,

वैदेशिक रोजगारीको लागि कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर महिलाहरुलाई अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदी पक्राउ परेका छन्।

सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पर्वतबाट पक्राउ गरेको हो। बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदीलाई उनको पुख्र्यौली घर पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली चेन्नाई हुँदै श्रीलङ्का पुर्याएपछि एक महिला अलपत्र परेकी थिइन्। श्रीलङ्का पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलङ्काली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो।

ती महिला श्रीलङ्काको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्यूरोले जनाएको छ।

महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो । ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .