ad ad

समाज


पहाडी भेगमा वर्षाको सम्भावना, देशभर तापक्रम घट्ने अनुमान

पहाडी भेगमा वर्षाको सम्भावना, देशभर तापक्रम घट्ने अनुमान

नेपालखबर
फागुन ३, २०७७ सोमबार १:५८,

अहिले नेपालको मौसममा पश्चिमी वायुको प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ।

गण्डकी र बागमती प्रदेशमा आंशिक बदली र देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ।

यसैगरी राति पनि उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

महाशाखाले सोमबार (आज) बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकाले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन सम्बन्धित सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .