ad ad

समाज


काठमाडौंमा भालुको पित्त बिक्री गर्न खोज्दा एक जना पक्राउ

काठमाडौंमा भालुको पित्त बिक्री गर्न खोज्दा एक जना पक्राउ

नेपालखबर
फागुन २, २०७७ आइतबार १०:५६,

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका७ विष्णुमति चोकबाट एक व्यक्ति भालुको पित्तसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भइ हाल बूढानीलकण्ठ नगरपालिका विष्णुमती चोक बस्ने वर्ष ३२ को विगुन राई रहेका छन्।

प्रहरीले राईलाई १०३ ग्राम भालुको पित्तसहित पक्राउ गरेको हो। उनले सो पित्त प्रतिग्राम २५ हजार रुपैयाँका दरले बेच्ने तयारी गरेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले नियनत्रणमा लिएका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .