समाज


मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

नेपालखबर
फागुन २, २०७७ आइतबार ०:५१,

रसुवाको कालिका गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटनामा प्रहरी हवल्दार गम्भीर घाइते भएका छन्।

चितवन घर भई कालिका गाउँपालिका १ स्थित अस्थायी प्रहरीचौकीमा कार्यरत २९ वर्षीय प्रहरी जवान इन्द्रप्रसाद अर्यालको दुर्घटनामा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते अर्यालको त्रिशुली अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शुक्रबार राति कालिका गाउँपालिका १ स्थित राम्चेमा गस्ती गरी ग्राङतर्फ फर्कने क्रममा प्रदेश ३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुलेको छैन। मोटरसाइकल सडकबाट २० मिटर तल खसेको अवस्थामा फेला परेको छ।

सोही चौकीमा कार्यरत नुवाकोट घर भएका प्रहरी हवलदार ३५ वर्षीय राजेन्द्र लामा दुर्घटनामा गम्भीर घाइने भएका छन्।

उनलाई त्रिशूली अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगन्ज ल्याइको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad