समाज


देशभर मौसम सफा, चिसोबाट बच्न २४ घण्टे चेतावनी

देशभर मौसम सफा, चिसोबाट बच्न २४ घण्टे चेतावनी

नेपालखबर
माघ २६, २०७७ सोमबार ०:४७,

मुलुकभर चिसो यथावत् रहेकाले यसबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सबैमा आग्रह गरेका छन्।

आज (सोमबार) बिहान ६ बजे ३ दिनको मौसम अनुमानसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  पनि जारी गरेको हो।

जसमा लेखिएको छ, ‘चिसो अझै रहिरहने तथा तराईका भूभागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

मौसमविद् समीर श्रेष्ठका अनुसार आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री थियो।

महाशाखाको मापनकेन्द्र रहेका स्थानमध्ये सबैभन्दा कम तापक्रम जुम्ला र दोलखाको जिरीमा देखिएको छ। ती दुवै स्थानमा आइतबार न्यूनतम तापक्रम समान माइनस ३ दशमलव ५ छ।

त्यसपछि दशेभरमा सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा छ। आइतबारको मापनअनुसार त्यहाँ न्यूनतम तापक्रम माइनस २ दशमलव ५ छ।

काठमाडौं उपत्यकाबाहेक अन्य स्थानको आजको अपडेट भने बिहान पौने ९ बजे मात्र आइपुग्ने मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली छैन भने देशभर मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्तो छ :

माघ २६ गते सोमबार
दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २७ गते मंगलबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

माघ २८ गते बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad