राजनीति


चर्काे नाराबाजी गर्दै बुटवलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (भिडिओ)

चर्काे नाराबाजी गर्दै बुटवलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (भिडिओ)

नेपालखबर
माघ २६, २०७७ सोमबार ०:२७,

जनता समाजवादी पार्टीले बुटवलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

जसपाको बुटवल नगर समितिको आयोजनामा बुटवलको योगीकुटी चोकमा आइतबार साँझ चर्को नाराबाजी गर्दै राष्ट्रपति र प्रधामन्त्रीको पुत्ला दहन गरिएको हो।

जसपाका नेता पंकज राईका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिनिधि सभा विघटनको विरोधमा पुत्ला दहन गरिएको हो।

प्रधानमन्त्रीको सिफारिसिमा राष्ट्रपतिले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै जसपमा चरणबद्ध आन्दोलनमा छ। 

जसपाले आइतबार बुटवलमा गरेको राष्ट्रपति र प्रधामन्त्रीको पुत्ला दहन तलको भिडिओमा :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad