समाज


त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली अख्तियारको नियन्त्रणमा

त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली अख्तियारको नियन्त्रणमा

नेपालखबर
साउन २२, २०७६ बुधबार ८:३०,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीलाई नियन्त्रणमा लिएको छ। भिजिट भिसामा विदेश जाने नेपालीलाई बिचौलियासँग मिली अध्यागमन अनुमति दिने र त्यसको अभिलेखसमेत नराख्ने गरेको पाइएपछि पराजुली अख्तियारको फन्दामा परेका हुन्।

उनलाई मंगलबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनले श्रमस्वीकृति नलिई कतार, दुवई तथा उक्त देशमा ट्रान्जिट भई अन्य मुलुक जाने व्यक्ति र कतार दुवईको भिजिट भिसामा प्रस्थान गर्न आएका व्यक्तिलाई बिचौलियासँग मिलेर मिलेमतोमा प्रस्थान अनुमति दिने गरेको खुलेको छ।

आयोगका अनुसार त्यसरी दिएको प्रस्थान अनुमति उनले अभिलेखबद्ध नगरी ‘डिपार्चर स्ट्याम्प’ लगाउने गरेका थिए। यसबापत बिचौलियाबाट आर्थिक लाभ समेत लिएको कसुरमा उनीविरुद्ध अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .