ad ad

समाज


समयमै खाना नबनाएको भन्दै श्रीमतीको हत्या

समयमै खाना नबनाएको भन्दै श्रीमतीको हत्या

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १३:१३,

पोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

शुक्रबार बिहान पौने ८ बजे कास्कीको पोखरा महानगरपालिका ३३ स्थित उपल्लो पुँडीकी ४२ वर्षीया हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्।

हत्या अभियोगमा प्रहरीले उनका श्रीमान ५० वर्षीय गमबहादुर पुनलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका पुनले बिहीबार बेलुका खाना नबनाएको विषयमा उनीहरुको झगडा भएको प्रहरीलाई बताएका छन्।

झगडाको क्रममा बन्चरो प्रहार गरी उनले श्रीमतीको हत्या गरेको पाइएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए।

शव फेला परेको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाको नाकाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हरिमायाको शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा लगिएको छ।

पर्वतको जलजला गाँउपालिका ७ धाइरिङ स्थायी घर भएका उनीहरु हाल पोखरा महानगरपालिका ३३ उपल्लो पुँडी बस्दै आएका थिए।

उनलाई कास्कीकै लामगादीबाट पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .