ad ad

कारोबार


‘नेताहरुले आफ्नो कुर्सीको लागि हामीलाई दुःख दिनथाले’

‘नेताहरुले आफ्नो कुर्सीको लागि हामीलाई दुःख दिनथाले’

वसन्त अर्याल
माघ २३, २०७७ शुक्रबार १३:१३,

कोभिडका कारण ठप्प भएको लामो दूरीका सार्वजनिक यातायातको व्यवसाय राजनीतिक गतिविधि बढेसँगै बढेको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै दलहरुको विरोध तथा समर्थनमा मानिस जुटाउनको लागि सार्वजनिक यातायातको प्रयोग बढेको छ।

कोभिड १९ का कारण ७ महिना ठप्प रहेको सार्वजनिक यातायात सभा÷सम्मेलनले मानिसको आउजाउ बढाएको छ।

अहिले आफ्नो पक्षमा बढी जनसमर्थन देखाउनको लागि नेकपाको प्रचण्ड–माधव समूह र ओली समूहले देशभरबाट सर्वसाधारणलाई ल्याएर सभा सम्मेलन गर्दै आएका छन्।

देशभरबाट मानिस ल्याउनको लागि नेताहरुले बढी सार्वजनिक यातायात ‘रिजर्व’ गरेर ल्याउने गरेका छन्। ओली समूहले शुक्रबार काठमाडौंमा गरेको आम सभामा जिल्ला जिल्लाबाट मानिस ल्याइएका थिए।

yatayat byabasayi andolan 2

यसको लागि सबैभन्दा बढी सार्वजनिक यातायात प्रयोग भएको देखिन्थ्यो। उक्त समूहले रिजर्भमा ल्याएका बस माइतीघरदेखि भद्रकाली, त्रिपुरेश्वर हुँदै टेकुसम्म पार्किङ गरेका थिए।

काठमाडौंमा भएको ओलीको सभामा वाग्मती प्रदेशसँगै गण्डकी, लुम्बिनी, प्रदेश २ बाट समेत उल्लेख्य उपस्थिति रहेको थियो। ओली समूहले पुस २४ मा धनगढीमा जनसभा गरेको थियो भने फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रचण्ड–माधव समूहले देशमा मुख्य सहरमा ओलीको कदमप्रति विरोध तथा समर्थनमा सभा सम्मेलन भइरहेका छन्। पुस १४ गते काठमाडौंमा सभा गरेका उनीहरुले माघ १५ गते बुटवलमा, माघ १६ मा विराटनगर, माघ १७ कैलालीको धनगढीमा हजारौंको उपस्थितिमा शक्ति प्रदर्शन गरेका थिए।

उनीहरुले माघ २८ गते काठमाडौंमा बृहत आमसभा गर्ने तयारी गरेका छन्। यातायात व्यवसायीले कोभिडको कारण यात्रागर्न डराइरहेका नागरिक बाहिर निस्कन थालेको बताएका छन् ।

‘कोरोना भन्दै हामीलाई ७ महिना हिँड्न दिएनन्। नेताहरुले आफ्नो शक्ति देखाउन सर्वसाधरणलाई ठाउँ ठाउँमा पु¥याउँदै आएका छन्’, एक यातायात व्यवसायीले भने, ‘कोभिडका कारण डराइरहेका मानिस सभा सम्मेलनले हिँड्डुल गर्नथालेका छन्। सार्वजनिक यातायातलाई सहयोग नै पुगेको छ।’

yatayat byabasayi andolan 3

‘नेताहरुले यातायात व्यवसायीलाई प्रयोग गरे, सहयोग गरेनन्’
यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले सभा सम्मेलनले छोटो समयको लागि फाइदा भए पनि आन्दोलन हुँदै गए यातायात व्यवसायी मारमा पर्ने बताएका छन्।

‘जिल्ला–जिल्लाबाट मानिस ल्याउँदा यात्रु नपाएका यातायात व्यवसायीलाई तत्कालको लागि केही व्यापार भएको छ’, उनले भने, ‘तर सभा सम्मेलन हिंस्रक् आन्दोलनमा परिणत भए सबैभन्दा घाटा यातायात व्यवसायीलाई हुन्छ।’

उनले बिहीबार प्रचण्ड माधव कुमार नेपालले गरेको नेपालबन्दले यातायात क्षेत्रमा ठूलो क्षति भएको बताएका छन्।

‘नेताहरु आफ्नो स्वार्थ पूरा गर्न नेपाल बन्द गर्दै गए हामी सबै सकडमा आउँछौँ’, कर्माचार्यले भने, ‘खर्बौँ लगानी भएका यातायात व्यवसायीले नेपालमा स्थिर सरकार चाहेका थिए। नेताले आफ्नो कुर्सीको लागि हामीलाई दुःख दिने भए।’

महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीलाई ७ महिना बन्द गरेका नेताले अहिले प्रयोग गरेको बताएका छन्।

yatayat byabasayi andolan 4

‘कोभिड भन्दै ७ महिनासम्म हामीलाई लामो दूरीमा गाडी चलाउन दिइएन’, सिटौलाले भने, ‘नेताले आफ्नो सभा सम्मेलन गर्न त्यही यातायात व्यवसायीलाई प्रयोग गरी मानिस ओसारे।’

उनले कोभिडको महामारीमा खानसम्म नपाएका यातायात व्यवसायीलाई सरकारले कुनै क्षतिपूर्ति नदिएको बताए।

‘यत्रो बन्द हुँदा हामीलाई कुनै क्षतिपूर्ति भएन। अहिले रिजर्व गरेर कार्यकर्ता बोकेका छन्’, उनले भने, ‘भोलि फेरि नेपाल बन्द गर्दै हिँड्छन्। हामीलाई नै दुःख दिन्छन्।’

उनले स्थिर सरकार हुने र व्यवसाय बढ्ने सोचका साथ लगानी गरेका व्यवसायी चिन्तित रहेको बताए।

‘उनीहरुको आन्दोलन सफल बनाउनुपर्यो भने हाम्रै गाडी तोडफोड गर्छन्। सभा सम्मेलन गरेर सबै सहरमा जाम गराएका छन्। जनताले दुःख पएका छन्। व्यवसायीले ऋण तिर्न सकेका छैनन्’, सिटौलाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .