ad ad

समाज


भारतले सडक बनाउँदा खसेको निर्माण सामग्रीले महाकालीको बहावमा अवरोध

भारतले सडक बनाउँदा खसेको निर्माण सामग्रीले महाकालीको बहावमा अवरोध

गोकुल जोशी
माघ २०, २०७७ मंगलबार १३:५३,

कैलाश मानसरोवर मार्गमा पर्ने माल्पा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा महाकाली नदीको बहावमा सामान्य अवरोध सिर्जना भएको छ।

भारतीय पक्षले सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा व्यास गाउँपालिका–१ माल्पा क्षेत्रमा नदीको बहावमा अबरोध आएको हो।

‘भारतले आफ्नो क्षेत्रको सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा नदी बहावमा सामान्य अबरोध छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरसँग भने, ‘नदीको बहावमा धेरै समस्या छैन, भारतले अवरोध हटाइरहेको छ।’

महाकाली नदी बहावमा सामान्य अवरोध आएकाले नदी तटीय क्षेत्रका बस्तीमा जोखिम नरहेको उनी बताउँछन्।

‘महाकाली नदी तटीय क्षेत्रका जनताले डराउनु पर्ने अवस्था छैन्,’ उनले भने, ‘कञ्चनपुर प्रशासनले समन्वय नगरी गलत सूचना प्रवाह गरेको छ, त्यो सूचनालाई आधार मानेर डराउनु पर्ने अवस्था छैन।’

मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना प्रकाशित गरी दार्चुलाको माल्पा भन्ने स्थानमा पहिरो खस्दा महाकाली नदी थुनिएकोले सम्बन्धित क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेको थियो।

सूचनामा भनिएको छ, ‘दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनैपनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएकोले महाकाली नदी नजिक वस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको ब्यहोरा अनुरोध छ।’

महाकाली नदीमा सामन्य अबरोध भएपनि सर्तकताका लागि सूचना जारी गरिएको कञ्चपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।

‘यहाँ महाकाली नदीमा ४ लेनको पुल निर्माण भइरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘महाकाली नदीमा पानी बहावको अबरोध हटाउन भारतले ढिला गरेमा खतरा हुने भएकाले सूचना जारी गरेका हौँ।’

पहिरोले महाकाली नदी थुनियो, सजग रहन प्रशासनको आग्रह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .