दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
मंगलबार दिउँसो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ एघार किलो स्थित लामोसाँघु जिरी सडक खण्डमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
बा ३ ख २७८९ न।को रोल्वालिङ यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिई दुर्घटना भएको हो।
२० जना घाइते यात्रुहरुको उद्दार गरी उपचारको लागि विभिन्न अस्पताल पठाइएको छ।
घाइतेको सिन्धु सदाबहार अस्पताल खाडीचौर, शिरमेमोरियल अस्पताल बनेपा र हेम्स अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
घाइते यात्रुहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।
3
Shares

प्रतिक्रिया