काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएकोले बिरोध गर्नुपर्ने कारण नभएको बताएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरुयोजना बनाएर निर्माण कार्य गरिरहेको र कमल पोखरीको जग्गामा अनाधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लव र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताए।
उक्त भवनहरु नक्सा पास गरेर स्वीकृति नलिइ बनाईको पनि जानकारी दिए।
कमल पोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौँ महानगरपालिको अनुरोधमा छोडेको उनको भनाई छ स्पोर्टस् क्लव र राधेराधेको भवन अनाधिकृत रुपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए।
Shares

प्रतिक्रिया