पछिल्लो समय उक्त आन्दोलन झनै चर्किँदै गएको छ। किसान आन्दोलनमा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुगिसकेको छ भने हालै किसानहरुले प्रहरीमाथि तरबार आक्रमण गरेको तस्बिरहरु सार्वजनिक भएका छन्।
किसान आन्दोलिन भएका बेलामा प्रधानमन्त्री नरेन्द्र मोदीले भने सोमबार भनेका छन्,‘बजेटको दिलमा गाउँ छ र किसान छ।’
आज भारतमा बजेट भाषण सम्पन्न भएको हो। बजेटमा देशको कृषि क्षेत्रलाई मजबुत बनाउने प्रावधान रहेको मोदीको भनाइ रहेको छ।
यद्यपी किसानहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन्। मोदीले बजेटले कृषि र किसानलाई राम्रोसँग सम्बोधन गरेको बताइरहँदा किसानहरुले भने विवादस्पद कृषि कानुन फिर्ता नभए आफूहरुले सडक तताउन नछाड्ने र घर नफर्किने बताएका छन्।
दिल्ली–उत्तर प्रदेशको गाजीपुर सीमानामा किसान नेता राकेश टिकैतले आफ्नो माग सरकारले पुरा गर्नै पर्ने बताए। बीबीसीहिन्दी
Speaking on #AatmanirbharBharatKaBudget. Watch. https://t.co/T05iiEjKLK
— Narendra Modi (@narendramodi) February 1, 2021

प्रतिक्रिया