जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना खोप लगाएपछि आफूमा के कस्ता लक्षण देखिए भन्ने अनुभव सुनाएका छन्।
उनका अनुसार उनले हिजो (शनिबार) खोप लगाएका हुन्। कस्तो अनुभव भयो त?
आइतबार उनले यसरी सुनाएका छन् :
हिजो कोरोनाको खोप लगाएको ५ मिनेटपछि अनुहारमा टिमुर खाएजस्तो रमरम भयो। घरमा आएपछि सामान्य वाकवाकी, रिंगटा, जीउ दुख्ने, जाडो हुने तथा शरीर तातो हुने लक्षण देखियो। रातिदेखि खोप लगाएको हात हल्का दुखेको छ। अरू लक्षण हराए।
मसँगै खोप लगाएका स्वास्थ्यकर्मीहरूलाई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर लुलो भएजस्तो हुनेलगायत लक्षण देखिएका थिए। उहाँहरू आज फ्रेस हुनुहुन्छ। कोरोनाको खोपले एकाध स्वास्थ्यकर्मीलाई बाहेक गम्भीर लक्षण देखिएको छैन।
खोप केन्द्रमा आफ्नो स्वास्थ्य अवस्था राम्रोसँग बताएर मात्र खोप लगाउने हो भने गाह्रो हुँदैन। आफू स्वस्थ भएको समयमा, खाना तथा पानी प्रशस्त सेवन गरेर एवं उच्च मनोबलसहित खोप केन्द्रमा (आफ्नो पालोमा) जानुहोला।
हामी सबै नागरिकलाई पुग्नेगरी खोप ल्याउन सरकारले कूटनीतिक तथा व्यवस्थापकीय कौशलता प्रयोग गरोस्।।

प्रतिक्रिया