साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ५४.७५ अंकले ओरालो लागेको छ। त्यस्तै सेन्सिटिभ सूचक ९.७३ अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको कारोबार भएकोमा १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता सेयर बिक्री भएको छ।
आज ९६ हजार १ सय ५६ पटकको खरिदबिक्रीमा ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँको सेयर कारोबार भएको छ।
आज १२ वटै समूहका कारोबार सूचक राताम्य छन्।
आइतबार नेपाल लाइफ इन्स्योरेन्सको ३९ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोडको, एनआईसी एसियाको २८ करोडको कारोबार भएको छ।
आज प्रभु लाइफ इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स प्रोमोटर सेयरको सकारात्मक सर्किट लागेको छ। गुमाउने कम्पनीहरुले आज ८.३० प्रतिशतसम्म घाटा व्यहोरेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया