ad ad

समाज


छिमेकीको खुकुरी प्रहारबाट घाइते बनेकी कुमारीको उपचारमा समस्या

छिमेकीको खुकुरी प्रहारबाट घाइते बनेकी कुमारीको उपचारमा समस्या

नेपालखबर
माघ १५, २०७७ बिहिबार ६:५२,

छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी रेग्मी मगरको उपचारमा समस्या भएको छ।

स्थानीय सूर्य रेग्मी मगरले आर्थिक संकलन गरी मंगलबार उनलाई गाउँबाट जिल्ला अस्पताल फाप्लु उपचारमा ल्याएका थिए।

फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लानुपर्दा समस्या भएको उनको भनाइ छ। सोमबार दिउँसो घाँसको विषयमा विवाद हुँदा छिमेकी ७३ वर्षीय सिंहबहादुर रेग्मी मगरले खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

उनका अनुसार खुकुरी प्रहारबाट महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ। महिलाकी श्रीमान्ले दोस्रो विवाह गरी अन्यत्र गएको र छोराछोरी समेत नभएको हुँदा थप समस्या भएको बताइएको छ।

खुकुरी प्रहार गर्ने वृद्धसमेत अपांगता भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च बेहोर्न नसक्ने रहेको बताइएको छ।

सिंहबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .