ad ad

ग्लोबल


अस्ट्रेलियामा फेरि एक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

अस्ट्रेलियामा फेरि एक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

नेपालखबर
माघ १५, २०७७ बिहिबार ६:२४,

ब्रिसबेनस्थित सनसाइनकोस्टमा पर्वत जिल्लामा घर भएका ४० वर्षका एक पुरुषको मृत्यु भएको गैरआवासीय नेपाली संघ क्विन्सल्यान्डले जानकारी दिएको छ।

उनी डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पुगेका थिए। पौडी खेल्ने क्रममा गार्डेनर्स झरनाको तलाउमा यसैहप्ताको मंगलबार साँझ उनको डुबेर मृत्यु भएको हो।

यसअघि यसै महिनाको पहिलोहप्ता अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर नेपालका सचेत बिमलीको मृत्यु भएको थियो।

जनवरी ४ मा रोयल नेसनल पार्कमा पौडी खेल्ने क्रममा २३ वर्षका बिमलीको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .